Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढ्यो, सोमबार यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेप्से

सोमबार, ०९ चैत्र २०७७, १५ : १२ मा प्रकाशित

हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढ्यो, सोमबार यी कम्पनीका लगानीकर्ता भए मालामाल

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) फेरि सेयर बजारले ओरालो यात्रा तय गरेकाे छ । घटेकाे बजारमा पनि हाइड्रोपावरमा भने लगानीकर्ताहरूको आकर्षण बढ्दाे छ । साेमबार पनि सर्वाधिक कमाउने १० कम्पनीहरूमा ८ वटा हाइड्राेपावर परेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ मा पुगेकाे छ । नेप्से ०.९५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.७९ अंकले घटेर ४४८.८० मा पुगेको छ ।

त्यसैगरी, साेमबार घटेको बजारमा क्रमश: अपर तामाकाेशी, चन्द्रागिरि हिल्स लिमिटेड, अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड, साञ्जेन जलविद्युत कम्पनी लिमिटेड, ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेड, रसुवागढी हाइड्राेपावर कम्पनी लिमिटेड, चिलिमे हाइड्राेपावर कम्पनी लिमिटेड र सानिमा हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् ।

605865c2c9b7f.jpg 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको