Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले खोल्यो सोलुखुम्बुमा शाखारहित बैंकिङ्ग सेवा

अर्थ संसार

सोमबार, ०९ चैत्र २०७७, १७ : ४४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले खोल्यो सोलुखुम्बुमा शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ । 

बैंकले,सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नं. ४, फाप्लुमा शाखारहित बैंकिङ्गसेवा सञ्चालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले गर्नु भएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाकालागि बैंकको प्रतिनिधिमा मानकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानियबासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याजभुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवालिन सक्नेछन् । 

कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवाउपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागिग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।‘सबैका लागि बैंक’भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढि ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको