Like us!
Follow us!
Connect us!
Watch us!

पश्चिमी वायुको प्रभावले आज मेघगर्जनसहित वर्षाको सम्भावना

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, १२ : ०३ मा प्रकाशित

पश्चिमी वायुको प्रभावले आज मेघगर्जनसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले आज (मंगलबार) देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने भएको छ । 

पश्चिमी वायुसँगै स्थानीय वायुको समेत प्रभाव रहेकाले पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई अपराह्नपछि मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए  । उनका अनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन । अझै दुई–तीन दिन देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ ।  दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । 

यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको