Like us!
Follow us!
Connect us!
Watch us!

१४.५७ अंकले बढ्यो सेयर बजार, ८ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, १५ : १२ मा प्रकाशित

१४.५७ अंकले बढ्यो सेयर बजार, ८ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजार दोहोरो अंकले बढेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १४.५७ अंकको हो  । नेप्से परिसूचक  २५२८.९५ को बिन्दुमा पुगेर रोकिएको छ ।  यस्तै सेन्सेटिभ परिसूचक ०.०९ अंकले  बढेर ४४८.८९ मा पुगेको छ ।
कूल २०८ वटा कम्पनीकाे एक कराेड २ लाख ७६ हजार ७१० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १४ करोड ४१ लाख ८९ हजार १६९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ, भने बाँकी ६ वटा कम्पनीको सेयर घटेको छ । 

त्यस्तै, आज कारोबार भएका कुल कम्पनीमध्ये ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:- 

6059b5fe72b36.JPG 6059b60503cfa.JPG 6059b6096a623.JPG 6059b60fcf757.JPG 6059b615da1f0.JPG 6059b61f1d371.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको