Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “बर्दिया टाइगर मिट” कार्यक्रममा सिटिजन लिडरहरु सम्मानित

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, १८ : ५६ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “बर्दिया टाइगर मिट” कार्यक्रममा सिटिजन लिडरहरु सम्मानित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ रेसोर्टमा“बर्दिया टाइगर मिट”कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्नुका साथै पुनर्ताजगी तलिम प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल भरिबाट माघ र फाल्गुण महिनामा उत्कृष्ट व्यवसायिक सफलता हासिल गरी छनौट भएका १४४भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।

कार्यक्रममा सम्पूर्ण लिडरहरुलाई कम्पनीले सम्मान गरेको थियो । कार्यक्रममा कम्पनीका पश्चिम क्षेत्रको प्रमुख व्यवसाय अधिकृत धोज बहादुर खड्काज्यूले आफ्नो क्षेत्रमा रहेको यस तीन दिने कार्यक्रममा टाढा टाढा देखी पाल्नु भएका सम्पूर्ण लिडरहरुलाई स्वागत गर्न पाउदा खुशी लगेको कुरा व्यक्त गर्दै स्वागत मन्तव्य राख्नुभयो । 

कार्यक्रममा प्रमुख अथितिको रुपमा प्रेरक वक्ता सृष्टी के. सी. लाई आमन्त्रण गरिएको थियो । उहाँको जीवन सङ्घर्स र त्यस प्रतिकोसकरात्मक सोच, जीवन प्रतिको बुजाइ, भोगाई र प्रेरणादायिक वाक्यले सबैको आँखामा आशु ल्याउनुका साथै जीवनमा अझै धेरै गर्न बाँकी छ भन्ने सकरात्मक जोश र जागर पनि भरी दिएको थियोे ।

साथै उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत  भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृतहरु साथै विभिन्न एरिया र शाखा प्रवन्धकहरुको पनि उपस्थिती थियो ।

समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत  पोषक राज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताउदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताउनु भयो । उहाँले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गर्नु भयो ।

Citizen Life Insurance को आइपिओ कहिले ? Book building मा आउने सम्भावना छ? Poshak Raj Paudel, CEO

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको