Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

बुधबार, ११ चैत्र २०७७, ०७ : २५ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा आज हुँदैछ । संस्थाकाे उन्नाइसाैँ वार्षिक साधारण सभा आज.चैत्र ११ गते, बुधबार, अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेकाे छ ।

यसका साथै सभाले संस्थाको रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण तर्फबाट १ जना सञ्चालकको नियुक्ती गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत ११ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले फागुन २७ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको