Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाडौँको लिलामी सेयर बाँडफाँड

अर्थ संसार

बुधबार, ११ चैत्र २०७७, १४ : ०७ मा प्रकाशित

बैंक अफ काठमाडौँको लिलामी सेयर बाँडफाँड

बैंक अफ काठमाडौं लिमिटेडले लिलामीमा ल्याएकाे २ वटा कम्पनीकाे सेयरहरू बाँडफाँड गरिएकाे छ ।

बैंकले आफ्नाे स्वामित्वमा रहेकाे आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडकाे २ सय कित्ता र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडकाे ९४ हजार ११० कित्ता संस्थापक समूहको सेयरहरू हिजाे (चैत्र १० गते, मंगलबार) बाँडफाँड गरेकाे हाे ।

आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयरमा रितपूर्वक आवेदन दिने आवेदकलाई प्रशोधन गर्दा ५ सय ५० दरसम्म लगानी गर्ने आवेदकलाई माग गरे बमोजिम र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडकाे ६०१ दशमलव ७५ रूपैयाँदेखि ८५१ दरसम्म लगानी गर्ने बाेलपत्रदाताहरूलाई माग गरे बमोजिम नै सेयर बाँडफाँड गरिएकाे बैंकले जनाएकाे छ ।

त्यसैगरी, बैंकले बाँडफाँडमा नपरेकाे सेयर बापतकाे रकम चैत्र १२ गतेदेखि आवेदकहरुले फारममा उल्लेख गरेका बैंक खातामा पठाउने बैंकले जनाएकाे छ । बैंकको निष्कासन तथा बिक्री प्रबन्धककाे काम बिओके क्यापिटल मार्केट लिमिटेडले गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको