Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उत्साह जारी, कारोबार रकम पनि बढ्यो

नेप्से

बुधबार, ११ चैत्र २०७७, १५ : ०७ मा प्रकाशित

सेयर बजारमा उत्साह जारी, कारोबार रकम पनि बढ्यो

आज (बुधबार) पनि सेयर बजार जताततै हरियाे भएर बन्द भएकाे छ । बुधबार सेयर बजार दाहाेराे अंकले बढ्दा काराेबार रकममा समेत वृद्धि भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३० अंकले बढेर २५७०.२५ मा पुगेकाे छ । नेप्से १.६३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ७.०६ अंकले बढेर ४५५.९५ मा पुगेको छ ।

कूल २०८ वटा कम्पनीकाे एक कराेड ६९ लाख ३४ हजार ८ सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा  ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्राेपावरबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । 

त्यसैगरी, स्टकका अनुसार बुधबार सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर काराेबार भएकाे छ । यता साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा रैराङ हाइड्राेपावर कम्पनी लिमिटेडका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् ।

हेराैं आजकाे शेयर तालिका :

605b06c00ac2c.jpg 605b06c60c4ba.jpg 605b06cd57702.jpg 605b06d68ccf8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको