Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०७७, १० : १५ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

महालक्ष्मी विकास बैंक लिमिटेडकाे १९औं वार्षिक साधारण सभा आज (चैत्र १३ गते, शुक्रबार) बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग काठमाडौंमा हुँदैछ ।

सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरुलाई  ८.८० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.४६ प्रतिशतले हुन आउने नगद (कर प्रयोजनार्थ) गरी कुल ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

यसका साथै, सभाले सेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । हाल बैंकमा संस्थापक समूहको सेयर स्वामित्व ५२.४९ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४७.५१ प्रतिशत रहेको छ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि चैत्र ३ गतेदेखि बुकक्लाेज गरेकाे छ । त्यसैले, चैत्र २ गते, साेमबारसम्म नेप्सेमा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको