Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०७७, ११ : ३३ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले फागुन २८ गते, शुक्रबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा आवेदन दिने आज (चैत्र १३ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले संस्थापक समूहको १७ लाख ५९ हजार ६ सय २१ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

उक्त सेयर खरिद गर्न इच्छुक इच्छुक यस कम्पनीका संस्थापक सर्वसाधारण, कानुन बमोजिम योग्य संस्था वा कम्पनीले आजसम्म आवेदन दिन सक्ने छन् ।
 
सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी,  उक्त सेयरको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेकाे छ । लगानीकर्ताहरुले सिभिल क्यापिटल, फिनान्सको केन्द्रीय कार्यालय राजविराज र सिभिल बैंकका विराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगंज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ तथा घोराही केन्द्रबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको