Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद हटाएको किसान लघुवित्तले नेप्सेलाई दियो यस्तो स्पष्टिकरण

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०७७, ११ : ५० मा प्रकाशित

हकप्रद हटाएको किसान लघुवित्तले नेप्सेलाई दियो यस्तो स्पष्टिकरण

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पष्टिकरण पेश गरेको छ । संस्थाले संचालक समितिको चैत ६ गते बसेको बैठकले गरेको वार्षिक साधारणसभा सम्बन्धि विशेष प्रस्तावमा कम्पनीले १:१ को अनुपातमा सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने भन्ने प्रस्ताव गरेको र पछि पुन: संसोधन गर्दै उक्त हकप्रद जारी गर्ने भन्ने प्रस्ताव हटाएको थियो ।  संस्थाले हकप्रदको सूचना सच्याएको र समयमा नै सूचना नदिएको विषयमा नेप्सेले स्पष्टिकरण सोधेपछि कम्पनीले स्पष्टिकरण पेश गरेको हो ।

स्पष्टिकरणमा कम्पनीले पुँजी बढाउँन हकप्रद प्रस्ताव गरेको तर यस विषयमा सम्बन्धित निकायसँग परामर्श गरेर अगाडी बढ्ने निर्णय भएको कम्पनीले उल्लेख गरेको छ । तर साधारणसभा हुनु भन्दा २१ दिन अगाडी साधारणसभा आह्वान गर्नु पर्ने व्यवस्था भएको तथा सो दिन बिदा परेको परामर्श गर्न नसकिएकोले हकप्रद  प्रस्तावसहितको सूचना प्रकाशन गरेको कम्पनीले उल्लेख गरेको छ । 

दोस्रो दिन राष्ट्र बैंकसँग परामर्श गर्दा हकप्रद प्रस्ताव हटाउन सुझाव आएकोले हकप्रद प्रस्ताव हटाएर सूचना प्रकाशित भएको तथा दोस्रो पटक प्रकाशित सूचना आधिकारिक हुने कम्पनीले उल्लेख गरेको छ । 

त्यस्तै कम्पनीले लग ईन आइडीको समस्याको कारण समयमा नै नेप्सेलाई जानकारी गराउन नसकिएको जनाएको छ । हाल नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको छ  । 

कम्पनीले नेप्सेलई दिएको स्पष्टिकरण हेर्नुहोस्:- 

605d79fe3a9fa.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको