Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा किसान लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्से

विहीबार, १९ जेठ २०७९, १६ : १५ मा प्रकाशित

नेप्सेमा किसान लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

स्टकका अनुसार संस्थाकाे २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ८ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार २ सय १० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाकाे वैशाख २५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेश्राे वार्षिक साधारण सभा जेठ २८ गते, शनिबार, धनगढी-उपमहानगरपालिका-२, धनगढी, कैलालीमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

629892c20f99c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको