किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको लाभांश राष्ट्र बैंकले परिमार्जन गरेकाे छ ।
संस्थाकाे माघ ३ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घाेषणा गरेकाे थियाे ।
राष्ट्र बैंकले वैशाख २१ गते लाभांश परिमार्जन गर्दै ५ प्रतिशत बाेनस घटाएकाे छ । अब संस्थाले २० प्रतिशत बाेनस वितरण गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस