Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न पाउने

अर्थ संसार

सोमबार, ०९ जेठ २०७९, ११ : ४२ मा प्रकाशित

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न पाउने

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ ।

संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएकाे मितिले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर के कति कित्ता सेयर खरिद गरी लिने हाे साेकाे व्यहाेरा खुलाई संस्थाकाे केन्द्रीय कार्यालय, धनगढी-२, कैलाली वा कम्पनीको कर्पोरेट कार्यालय बूढानीलकण्ठ-८, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

628b22e87a33f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको