Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न किसान लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

शनिबार, ०७ जेठ २०७९, १३ : १५ मा प्रकाशित

लाभांश पारित गर्न किसान लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे वैशाख २५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेश्राे वार्षिक साधारण सभा जेठ २८ गते, शनिबार, धनगढी-उपमहानगरपालिका-२, धनगढी, कैलालीमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षककाे प्रतिवेदनसहितकाे वित्तीय विवरणहरू स्विकृत गर्ने, लेखापरिक्षककाे नियुक्ती गरी निजकाे पारिश्रमिक ताेक्ने, मनाेनित सञ्चालकहरूकाे अनुमाेदन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश हुनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि जेठ २० गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले जेठ १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6288961a48442.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको