Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा महिलाको आकर्षण, दोस्रो बजार कारोबार गर्नेमध्ये ३१ % महिला

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०७७, १७ : १३ मा प्रकाशित

सेयर बजारमा महिलाको आकर्षण, दोस्रो बजार कारोबार गर्नेमध्ये ३१ % महिला

हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितालाइ जोड दिने उद्देश्यले युएन वोमनको आह्वानमा नेपाल स्टक एक्सचेन्जले "रिंग द बेल फर जेन्डर इक्वालिटि, २०२१" कार्यक्रम आयोजना गरेको छ ।  

उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुंगाना प्रमुख आतिथ्य रहेको थियो ।  कार्यक्रममा उनले नेपालको पूँजी बजारमा पनि पछिल्लो समय महिला लगानीकर्ताको उपस्थिति उत्साहजनक देखिन थालेको बताए । मन्तव्यकै क्रममा उनले कुल डिम्याट खातामा महिलाको खाता ४२ प्रतिशत, कुल मेरो सेयर खातामा करिब ४५ प्रतिशत र दोस्रो बजारमा धितोपत्रको कारोबारका लागि खोलिएको कुल कारोबार खातामा करिब ३१ प्रतिशत खाता महिलाको रहेको बताए । बोर्ड लगायत पूँजी बजारका अन्य निकायहरूको उच्च व्यवस्थापकीय तहमा महिलाहरू रहने क्रम बढ्दै गएतापनि यस स्थितिलाई आगामी दिनमा थप सुदृढ गर्दै लैजानुपर्ने चुनौती भने कायमै रहेको उजागार गरे । 

कार्यक्रमका प्रमुख अथिति समेत रहेका बोर्डका अध्यक्ष ढुंगानले नेपालमा पनि दिगो विकासका १७  लक्ष्यमध्ये लैंगिक समानता (Gender Equality) पनि एक प्रमुख लक्ष्यको रूपमा रहेको र सो प्राप्तिका लागि सन्दर्भमा नेपाल सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा नेपालको पूँजी बजारमा रहेका विभिन्न निकायहरूमा महिलाको सहभागिता अभिवृद्धि तथा समानता कायमका लागि यस कार्यक्रमले महत्वपूर्ण सन्देश दिने बताए। 

विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछाड्ने  प्रतिवद्धताका साथ नेपाल सरकारले दिगो विकासका लक्ष्यहरूलाई समावेश गरी हाल कार्यान्वयनमा रहेको १५औं योजनाले Gender Equality र Women Empowerment को सम्बन्धमा महिलाको आर्थिक  सशक्तिकरण र सामाजिक रूपान्तरण गर्ने रणनीति लिएकोमा सो का लागि पूँजी बजारलाई पनि एक माध्यमको रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे ।

पूँजी बजारले रोजगारी, आय लगायत विभिन्न आर्थिक गतिविधि चलायमान बनाउने भएकोले पनि यो महत्वपूर्ण क्षेत्र भएको जिकिर गरे । उनले विभिन्न क्षेत्रहरूमा महिलाको उपस्थिति सुरक्षित एवं प्रोत्साहित गर्न नेपाल सरकारले संविधान लगायत विभिन्न ऐन कानूनहरूमा व्यवस्था गरेको बताए ।  

उक्त  कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना, युएन ग्लोबल कम्प्याक्ट नेपालका प्रेसिडेन्ट प्रदिपमान वैद्य, आइएफसीका कार्यक्रम निर्देशक लोपा रहमान, मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपम्मा खुजेली लगायतका उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको