Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : सबै सूचकमा सुधार

नेप्से

शनिबार, १४ चैत्र २०७७, १० : १३ मा प्रकाशित

साताको सेयर बजार : सबै सूचकमा सुधार

यस साता सेयर बजारका सबै सूचकहरूमा सुधार देखिएकाे छ । नेप्से परिसूचक, सेन्सेटिभ परिसूचक, कारोबार रकम र बजार पुँजीकरण सबै सूचकहरू बढेका छन् ।

यस साता नेप्से परिसूचक ७३ दशमलव ८७ अंकले बढेर २५ सय ४८ दशमलव ९६ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक १६ दशमलव ६१ अंकले बढेर २४ सय ७५ दशमलव ०९ विन्दुमा रोकिएको थियो । यस साता सेन्सेटिभ परिसूचक पनि ६।१६ अंकले बढेर ४५० दशमलव ३१ विन्दुमा पुगेको छ । ५ दिनको कारोबारमा यस साता बजार ३ दिन बढेको थियो भने सोमबार र बिहीबार बजारले ओरालो यात्रा तय गरेको थियो ।  

कारोबार रकमको कुरा गर्नुपर्दा यस साता कारोबार रकममा पनि वृद्धि भएको छ । गत साता औसतमा दैनिक ४ अर्ब १२ करोड रूपैयाँ बराबरको कारोबार भएकोमा यस साता औसतमा दैनिक ५ अर्ब ९१ करोड रूपैयाँ बराबरको कारोबार भएको हो ।

बजार पुँजीकरणको कुरा गर्नुपर्दा यस साता लगानीकर्ताको सम्पत्ती १ खर्ब ३ अर्बले बढेको छ । गत साता ३४ खर्ब १७ अर्ब रहेको बजार पुँजीकरण यस साता बढेर २५ खर्ब २० अर्ब पुगेको छ ।

यस साता कारोबार भएका १३ उपसमूहमध्ये अन्य उपसमूहको सूचक घट्दा  बाँकी १२ वटा उपसमूहको सूचक भने बढेको छ ।
यो साता सबैभन्दा बढि रकमको कारोबार गर्ने र सबैभन्दा बढि कित्ता सेयर कारोबार हुने दुवैमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले अग्र स्थान कायम गरेको छ । 

यस साताको सेयर बजारलाई समग्रमा हेर्दा आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ६३ दशमलव ३८ अंकले बढेर २५३८ दशमलव ४६ विन्दुमा पुगेको थियो । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक २४ दशमलव ०८ अंकले घटेर २५१४ दशमलव ३९ विन्दुमा पुगेको थियो । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५७ अंकले बढेर  २५२८ दशमलव ९५ विन्दुमा पुगेको थियो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दशमलव ३० अंकले बढेर २५७० दशमलव २५ विन्दुमा पुगेको थियो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव २९ अंकले घटेर २५४८ दशमलव ९६ विन्दुमा पुगी यस सातालाई बिदाइ गरेको छ ।

सेयर सूचीकरणको कुरा गर्नुपर्दा यस साता नेप्सेमा  ४ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:१ को अनुपातमा गाभिँदा कायम हुन आएको ५ लाख ७ हजार ४ सय २० कित्ता सेयर, बुटवल पावर कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको २६ लाख ७४ हजार ७ सय ८७ कित्ता सेयर, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ३० लाख ८२ हजार ६ सय २६ दशमलव ५३ कित्ता सेयर र सनराइज बैंक लिमिटेडको ५ दशमलव ८० प्रतिशत बोनस बापतको ५२ लाख एक हजार ३ सय ३० दशमलव ६३ कित्ता सेयर यस साता नेप्सेमा सूचिकृत भएको हो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको