धितोपत्रको दोस्रो बजारमा चन्द्रागिरी हिल्सको सेयर बेच्नेको लर्को लागेको छ । निरन्तर बढिरहेको कम्पनीको सेयरमूल्यमा आज (सोमबार) गिरावट आएसँगै बेच्नेको संख्या ह्वात्तै बढेको हो ।
यसअघिका कारोबार दिनहरुमा कम्पनीको सेयरको माग उच्च हुँदा ब्रिकेताको उपस्थिति भए शून्य जस्तै देखिन्थ्यो । तर आज मूल्यमा गिरावट आएसँगै कम्पनीको सेयरको माग पनि घटेको हो ।
यो समाचार तयार पार्दासम्म कम्पनीको सेयरमूल्य १ सय ४९ रुपैयाँले घटेर १ हजार ९ सय ३० मा कारोबार भइरहेको छ । अहिले कम्पनीको सेयर किन्न २६ हजार लगानीकर्ताले खरिद आदेश गर्दा बेच्नेको संख्या भने ५० हजारभन्दा माथि छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस