Like us!
Follow us!
Connect us!
Watch us!

आश्चर्यमा परेको छु,सकारात्मक सर्किट कसरी लाग्यो? अब रणनीति पनि परिवर्तन गरेको छु..

अर्थ संसार

मंगलबार, ०९ माघ २०८०, १९ : ३७ मा प्रकाशित

आश्चर्यमा परेको छु,सकारात्मक सर्किट कसरी लाग्यो? अब रणनीति पनि परिवर्तन गरेको छु..

सामान्यतय: लक इन खुलेको दिन सेयर बजारमा लिस्टिङ् कम्पनीहरुमा आपूर्ति देखिन्थ्यो । केहि समय पहिला लक इन खुलेको माउन्टेन इनर्जी नेपाल(MEN)मा लगातार चार माइनस सर्किट लाग्यो । अर्को युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनी (UMRH) मा लक इन खुल्नु अघिल्लो दिन बजार मूल्य ३५५ थियो, तर लक इन खुलेपछि कम्पनीको बजार मूल्य लगातार घट्दै २६० सम्म झर्यो ।

त्यसैगरी,लीवर्टी इनर्जी लिमिटेड (LEC) मा  पनि लक इन खुलेपश्चात झण्डै ३५% ले सेयर मूल्य झर्यो । अर्को एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) मा लक इन खुलेपछि लगातार दुई माइनस सर्किट लाग्दै तेस्रो दिनपनि ८.१५% प्रतिशतले सेयर मूल्य झर्यो । तर आज मंगलबार लक इन खुलेको चद्रागिरी हिल्स लिमिटेड(CGH) मा भने आश्चर्य पार्ने दृश्य देखिएको छ । लक इन खुलेको दिन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

 लक इन खुलेपछि कम्पनीका संस्थापक, प्रभावित स्थानीय र कर्मचारी सेयरधनीको सेयर रोक्का फुकुवा हुन्छ र नेप्सेमा किनबेच गर्ने बाटो खुल्छ । यसर्थ, उक्त कम्पनीमा सामान्यतय: आपूर्ति पक्ष हावी देखिन्छ । जसले उक्त कम्पनीको बजार मूल्य केही दबाबमा पार्ने गर्दछ । तर मंगलबार चन्द्रागिरी हिल्समा भने त्यस्तो देखिएन । उक्त कम्पनीको सेयर मूल्यमा अन्य कम्पनि जस्तै दबाबमा नपरी सकारात्मक सर्किट लाग्यो । यस्ता दृश्य सेयर बजारमा कमै देख्न पाइन्छ । जुन आज चन्द्रागिरी हिल्समा देखियो । जसले सेयर लगानीकर्तालाई आश्चर्यचकित पारेको छ, कौतुहल पैदा गराएको छ ।

चन्द्रागिरी हिल्सको लक इन खुलेपछि थप संस्थापक सेयर एक करोड पैतिस लाख कित्ता (८८%) पब्लिकमा परिणत भएको हो । कम्पनीको लक इन खुलेतापनि बहालवाला सञ्चालक समितिमा रहेका सेयरधनीले सेयर बेच्न पाउँदैनन् । सञ्चालकबाट बाहिरिएको एक वर्षपछि मात्र उनीहरूले उक्त कम्पनीको सेयर खरिद बिक्री गर्ने बाटो खुल्दछ ।

गतवर्ष उक्त कम्पनीको सञ्चालक समितिबाट सेयर बजारका चर्चित दुई नाम अम्बिका प्रसाद पौडेल र चन्द्र प्रसाद ढकाल सञ्चालकबाट बाहिरिएका थिए । उनीहरू नेपालको सेयर बजारमा बजार मेकर समेत भनेर सामाजिक सञ्जालमा लगानीकर्ताहरु चर्चा गर्ने गर्दछन् । यिनै सेयर बजारका काबील खेलाडीले उक्त कम्पनीमा रणनितीक खेल खेलेको हुनसक्ने  बताउँछन् बजारका जानकार झापा मेचीनगर १४ का भोगिन्द्र भण्डारी ।  म त सोच्दै थिए, विगतमा झै उक्त कम्पनीको पनि लक इन खुलेपछि सेयर मूल्य केही तल झर्छ र किनौला भनेर कुर्दै थिए । तर आजै १० प्रतिशतले बढ्दै ९ सय ४९ रुपैयामा बन्द भएको देख्दा म अचम्ममा परेको छु, आश्चर्यमा परेको छु, भण्डारीले भने । नेप्सेमा थप करोडौं कित्ता थपिएको दिन त्यस कम्पनीमा सकारात्मक सर्किट किन लाग्यो ? रातारात नयाँ कुरा के आयो ?  भण्डारी प्रश्न गर्दै भन्छन्, यो झुक्याउने खेल हो, अब यस कम्पनीमा लगानी गर्ने मेरो रणनीति पनि परिवर्तन गरेको छु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको