Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सकाे नाफामा ७९६.४१ प्रतिशतकाे उछाल, ईपीएस पनि उल्लेख्य सुधार

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, ११ : ३२ मा प्रकाशित

चन्द्रागिरी हिल्सकाे नाफामा ७९६.४१ प्रतिशतकाे उछाल, ईपीएस पनि उल्लेख्य सुधार

चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म कम्पनीले १५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम अघिल्लाे वर्षकाे तुलनामा ७९६.४१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेकाे थियाे ।

सञ्चालन आम्दानी

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ९१ करोड ३४ लाख रुपैयाँ पुगेकाे छ ।  गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६६ करोड ९८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेकाे थियाे । अघिल्लो आर्थिक बर्षको तुलनामा यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३६.५४ प्रतिशतले वृद्धि भएको हो ।

कुल आम्दानी

चाैथाे त्रैमाससम्म कम्पनीको कुल आम्दानी ४०.५२ प्रतिशतले बढेर ७९ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी

कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेकाे छ ।

जगेडा काेष

कम्पनीकाे जगेडा काेष भने २३ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रतिसेयर आम्दानी

हाल कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रूपैयाँ ८५ पैसा रहेकाे छ जुन अघिल्लाे वर्ष १ रुपैयाँ ६७ पैसा रहेकाे थियाे ।

प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ७२ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको