Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको विगत दुई महिना देखि नै ‘रेड क्यान्डिलस्टिक’, लकइन पिरियड खुले संगै के होला ?

अर्थ संसार

मंगलबार, ०९ माघ २०८०, ०८ : २२ मा प्रकाशित

चन्द्रागिरी हिल्सको विगत दुई महिना देखि नै ‘रेड क्यान्डिलस्टिक’, लकइन पिरियड खुले संगै के होला ?

माघ ८ गते सोमबार लकइन पिरियड सकिएर आज मंगलबार चन्द्रागिरी हिल्स लिमिटेडको स्थानीय तथा संस्थापक सेयर कारोबारमा आउने भएको छ। 

होटल समूह अन्तर्गत सुचिकृत भएको यस कम्पनीको दोस्रो बजारमा  १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत रहेका छन् । जस मध्य यस अगाडि केबल १२ प्रतिशतले  १८ लाख ४० हजार ९०९ कित्ता मात्रै नेप्सेमा किनबेच हुँदै आएको थियो । अब बजारमा अरु थप कित्ता पनि कारोबारमा आउनेछन् ।

योजना प्रभावित स्थानीयका लागि सार्वजनिक निष्कासनको १० प्रतिशत सेयर आरक्षण गरि बिक्री गर्ने गरिएको छ । उक्त सेयर बाँडफाँड भएको मितिले तीन वर्ष नपुगेसम्म सेयर किनबेच गर्न नपाउने नियम रहेको छ ।

सोमबार के भयो ?
सोमबार चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमा तिब्रउतार चढाव भएको थियो। आइतबार ९०५ रुपैयाँ रहेको यस कम्पनीको कारोबार बन्द ८६३ रुपैयाँमा भयो। सोमबार नै यस कम्पनीको मुल्य ४.६४% प्रतिशतले ४२ रुपैंया घट्यो। सोमबार मात्रै ३०९४८ कित्ता यस कम्पनीको कारोबार भएको छ। 

विगत दुई महिना देखि ‘रेड क्यान्डिलस्टिक’

यस कम्पनीको चार्टमा पछिल्लो दुई महिना अगाडी देखि नै रेड क्यान्डिलस्टिक बनेको देखिन्छ। अर्थात बजारका स्मार्ट लगानीकर्ता पहिले देखि नै यस कम्पनीको संस्थापक सेयरको लकइन खोल्ने जानकारीका कारण यस कम्पनी प्रति केहि  सचेत र कम आत्मविश्वास रहेको देखिन्छ। 
 

१८० दिनमा कस्तो देखिन्छ ?


कम्पनी नेप्सेमा सूचीकरण  यस कम्पनीको पहिलो कारोबार १ सय ६१ रुपैयाँमा भएको थियो भने  २६ सय २५ रुपैयाँसम्म सेयर मूल्य पुगेको देखिन्छ। १८० दिनको क्लोजिङ्ग औसत मुल्य ११३६.८२ देखिन्छ। गएको १८० दिनमा यस कम्पनीको ६ लाख ९९ हजार कित्ता कारोबार भएको छ। 

लक इन पिरियड खुले पछि के होला सेयर भाउ ?

यस कम्पनीको संस्थापक सेयरको लक इन पिरियड खुले संगै यस कम्पनीको बिक्री चाप बढ्ने नै देखिन्छ। यस अगाडी का कम्पनी जसको लकइन खुले लिबर्टी इनर्जी कम्पनीको लक इन पिरियड खुलेपछि ३ कारोबार दिन नेगटिभ सर्किट लेभलमा र चौथो दिन ७ प्रतिशत सम्म मूल्य झरेको थियो। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड लगातार २ दिन सर्किट लेभलमा र तेस्रो दिन ८.१८ प्रतिशत सम्म मूल्य घट्यो। अर्को कम्पनी माउन्टेन इनर्जी नेपाल लिमिटेडको लक इन पिरियड सकिएपछि लगातार तीन दिन नेगेटिभ सर्किट लेभलमा र चौथो दिन ८.९४ प्रतिशत सम्म मुल्य घटेको देखिन्छ। 

तपाईलाई के लाग्छ ? लक इन पिरियड खुले संगै यस कम्पनीको मुल्यमा कतिको असर गर्ला ? कमेन्ट गर्न नभुल्नुहोला। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको