Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

नेप्से

मंगलबार, १७ चैत्र २०७७, ०७ : २० मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायोजन गरिएकाे हाे ।

१. नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड

कम्पनीकाे ८ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ८१ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य ८ सय ४३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

60628241659ae.jpg

२. मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे १२ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६ सय ४२ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य एक हजार ८ सय ३९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

60628248d2d8e.jpg

३. ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड

बैंककाे ३.८ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक सय ६९ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य एक सय ७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

6062823842545.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको