Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, १७ चैत्र २०७७, ०७ : ४८ मा प्रकाशित

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विभिन्न २ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र १७ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र १७ गते, मंगलबार) अन्तिम दिन हाे ।

१. उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि चैत्र १८ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (चैत्र १७ गते, मंगलबार) सम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे छैठौँ वार्षिक साधारण सभा चैत्र ३१ गते होटल पौवा, भैरहवामा बिहान साढे १० बजेबाट सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १७.८१०३८७२१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा संस्थाले बोनस सेयर बाँडफाँड पश्चात सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको पुनः सर्वसाधारणलाई धितोपत्रको थप सार्वजनिक निष्कासन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

२. आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि चैत्र १८ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (चैत्र १७ गते, मंगलबार) सम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे पाँचौ वार्षिक साधारण सभा चैत ३१ गते मंगलबार, पञ्चकन्या बेन्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई ८.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको