Like us!
Follow us!
Connect us!
Watch us!

चम्किएको बजारमा यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेप्से

मंगलबार, १७ चैत्र २०७७, १५ : ३७ मा प्रकाशित

चम्किएको बजारमा यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

आज (मंगलबार) सेयर बजारमा चमक देखिएकाे छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.१५ अंकले बढेर २५७५.६६ मा पुगेकाे छ ।

मंगलबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेकाे छ । बैंककाे ४८ कराेड ९४ हजार २ सय ७१ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसपश्चात् क्रमश: निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेड, अपर तामाकाेशी, हाइड्राे इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स कम्पनी लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, नबिल बैंक लिमिटेड, लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड र आइएमइ जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

6062f6cad8b2f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको