Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले विविध वित्तिय साक्षरता कार्यक्रम गरी मनायो “ग्लोबल मनीविक”

अर्थ संसार

मंगलबार, १७ चैत्र २०७७, १६ : ०३ मा प्रकाशित

सिभिल बैंकले विविध वित्तिय साक्षरता कार्यक्रम गरी मनायो “ग्लोबल मनीविक”

“समृद्धिको लागि सिभिल बैंक”भन्ने नारा बोकी अगाडी बढी रहेको सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान “ग्लोबल मनीविक” मा विविध वित्तिय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । बैंकले “ग्लोबल मनीविक”को सातदिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविधवित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना मनाएको थियो । 

प्रदेश नं १ को बिराटनगर स्थित अर्किडकलेजमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी, प्रदेश नं २ को जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोडमार्फत भुक्तानीको थालनी, बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गरेको छ ।

 त्यसै गरी   गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमावित्तिय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरीएको थियो ।

यसको अलावा बैंकले विद्युतिय कारोवारका सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइलएप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)काबारेमा श्रब्य दृश्य सामाग्री तयार गरी आफ्नो सामाजिक संजालमार्पmत प्रशारण पनि गरेको थियो ।

6062fc3a5fb0d.jpg 6062fc3a91dc4.jpg 6062fc3a96513.jpg 6062fc3accc83.jpeg 6062fc3adb360.jpeg 6062fc3b2b3c9.jpg 6062fc3b76ec4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको