Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

नेप्से

बुधबार, १८ चैत्र २०७७, ०७ : ४९ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायोजन गरिएकाे हाे ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १७.८१ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ३ सय १७ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ७ सय ३० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

6063d9bda9268.jpg

त्यसैगरी, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८.८५ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय २५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार ६ सय ६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

6063d9c24fbc6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको