Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, १८ चैत्र २०७७, ०८ : ३९ मा प्रकाशित

एनसीसी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चैत्र १३ गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (चैत्र १८ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले १० वर्ष अवधिकाे लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ११ लाख ४० हजार कित्ता, सामूहिक लगानी काेषका लागि ५ प्रतिशत अर्थात ६० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । 

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेकाे छ । लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6063e5a4d968d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको