Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड कहिले ? यसो भन्छ बिक्री प्रबन्धक

अर्थ संसार

विहीबार, १९ चैत्र २०७७, ०६ : ४६ मा प्रकाशित

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड कहिले ? यसो भन्छ बिक्री प्रबन्धक

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) अर्काे साता बाँडफाँड हुने भएकाे छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडकाे सिस्टममा देखिएकाे समस्याका कारण डाटा भेरिफिकेसनकाे काममा ढिला भएकाे हुनाले यस साता बाँडफाँड सम्भव नभएकाे र अर्काे साताभित्र बाँडफाँड सम्पन्न गर्ने तयारी गरिएकाे निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडकाे मर्चेन्ट बैंकिङ्गकी प्रमुख इन्दिरा न्याैपानेले जानकारी दिएकी छिन् ।

 कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ  बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे भन्दा ९ दशमलव ३४ गुणा बढी हो  ।  

अन्तिम तथ्यांकलाई हेर्दा ग्राेलाप्रथाबाट वितरण गर्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १३ लाख ७१ हजार ५ सय ३७ जनाको हात खाली हुनेछ  । 

कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको