Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से सर्वाधिक उच्च बिन्दु नजिक, कारोबार रकम पनि लयमा फर्कियो

अर्थ संसार

बुधबार, १८ चैत्र २०७७, १६ : १५ मा प्रकाशित

नेप्से सर्वाधिक उच्च बिन्दु नजिक, कारोबार रकम पनि लयमा फर्कियो

आज (बुधबार) पनि सेयर बजारमा रौनकता छाएको छ । आज सेयर बजार दोहोरो अंकले बढेको हो ।  आज कारोबार भएको कम्पनीहरुमध्ये ४ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४३.३६ अंकले बढेर २६१९.०२ मा पुगेकाे छ । नेप्से १.६८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ७.४८ अंकले बढेर ४६३.५९ मा पुगेको छ ।

कूल २०९ वटा कम्पनीकाे १ करोड १२ लाख ८१ हजार ६ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब  १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ वटा मात्र उपसमूहको सेयर बढेको छ, भने बाँकी १ वटा उपसमूहकाे सेयर घटेकाे छ । आज व्यापार समूहको सेयर मात्र घटेको हो । 

त्यसैगरी, स्टकका अनुसार आज सबैभन्दा धेरै  हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर काराेबार भएकाे छ । कम्पनीले ३६ करोड ३७ हजार बराबरको कारोबार भएको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:- 

60644fea93196.JPG 60644fed6e991.JPG 60644ff0e7e74.JPG 60644ff453f37.JPG 60644ff96fe87.JPG 60644ff975d57.JPG 60644ff9c64dc.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको