आज (बुधबार) पनि सेयर बजारमा चमक देखिएकाे छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३.३६ अंकले बढेर २६१९.०२ मा पुगेकाे छ ।
बुधबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा हाइड्राे इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे ३६ कराेड ३७ लाख ५३ हजार ९ सय ६० रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
त्यसपश्चात् क्रमश: अपर तामाकाेशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेड, युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेड, ग्लाेबल आइमइ बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र रसुवागढी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस