Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

नेप्से

विहीबार, १९ चैत्र २०७७, ०७ : १२ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायोजन गरिएकाे हाे ।

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५.३५ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ९ सय ६० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार २ सय ६१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

6065236343d30.jpg

त्यसैगरी, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८.१३ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ९६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ७ सय २६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

6065236c760ea.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको