लगानी गर्ने कुनैपनी व्यक्तिले ध्यान दिनुपर्ने मुख्य कुरा भनेकाे लगानी व्यवस्थापन हाे । लगानी मात्र गरेर हुँदैन हामीले त्याे लगानीलाई राम्ररी व्यवस्थापन गर्नुपर्ने हुन्छ । लगानी भनेकाे पैसाबाटै पैसा बनाउने हाे । तर त्याे पैसालाई राम्ररी व्यवस्थापन गर्न सकिएन भने हामीले लगानी गर्नुकाे केही अर्थ रहँदैन । त्यसैले, सम्पूर्ण लगानीकर्ताले लगानी गर्नु अगावै लगानी कसरी व्यवस्थापन गर्ने भन्ने कुरा बुझ्नुपर्छ ।
लगानीकर्ताहरुको लगानी व्यवस्थापन गर्दै आएकाे प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा सेयर विश्लेषक बिमल तिवारीका अनुसार लगानी व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरा तल उल्लेख गरिएकाे छ ।
तिवारीका अनुसार विशेषगरी लगानीका चार वटा तत्व हुन्छन् । ज्ञान, पुँजी, समय र मेहेनत/परिश्रम लगानीका मुख्य तत्व हुन् । लगानी गर्दा हामीले यी ४ वटा तत्वलाई उपयाेग गर्न सक्छाैँ । यी ४ वटै कुरा उपयाेग गर्नका लागि पैसाकाे जरूरी हुन्छ र यी ४ वटै कुरालाई उपयाेग गर्दा आउने परिणाम भनेकाे पनि पैसा नै हाे । लगानी गर्दा हामीले पैसालाई चक्रकाे रूपमा चलाउनु पर्ने उनले बताएका छन् । पैसालाई लिने र दिनेकाे रूपमा मात्र नलिएर लगानीकाे तर्फबाट विचार गर्नुपर्ने तिवारी बताउँछन् ।
त्यस्तै, हामीले लगानी गर्दा छाेटाे अवधि र लामाे अवधि दुवैका लागि फण्ड व्यवस्थापन गर्नु जरूरी रहेकाे तिवारीकाे तर्क छ ।
त्यसैगरी, उनका अनुसार लगानी गर्ने क्रममा बैंकहरूलाई ३ प्रकारबाट वर्गिकरण गर्नुपर्दछ : Merchant बैंकिङ्ग, Transaction बैंकिङ्ग र Consumer बेंकिङ्ग । केही समयका लागि पैसा राखिन्छ भने त्याे Consumer बेंकिङ्ग हाे । वैदेशिक सामानकाे खरिद बिक्री गर्दा प्रयाेग हुन्छ भने त्याे Transaction बैंकिङ्ग हाे । त्यस्तै, क्यापिटल व्यवस्थापन गरिन्छ भने त्याे Merchant बैंकिङ्ग हाे ।
लगानी व्यवस्थापन गर्नका लागि तिवारीले दिएका टिप्सहरू तलकाे भिडियाे मार्फत् हेर्न सक्नुहुनेछ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस