Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्तको सेयर कारोबार खुल्यो

अर्थ संसार

विहीबार, १९ चैत्र २०७७, १२ : ११ मा प्रकाशित

किसान लघुवित्तको सेयर कारोबार खुल्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार फुकुवा गरेको छ । नेप्सेले सोधको स्पष्टिकरणको जवाफ पठाएपछि संस्थाको दोस्रो बजारमा सेयर कारोबार खुल्ला गरेको हो। नेप्सेले लघुवित्तलाई सचेत गराउदै बिहीबारदेखि सेयर कारोबार खुल्ला गरेको छ।

संस्थाले यसअघि  धितोपत्र मूल्यमा प्रभाव पर्ने सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले संस्थाको कारोबार रोक्का गरी स्पष्टिकरण माग गरेको थियो।

लघुवित्तले संस्थाको पूँजीकोष पर्याप्त नभएको कारण हकप्रद सेयर जारी गर्नुपर्ने र त्यसको लागि सम्बन्धित निकायसँग परामर्श गरेर मात्रै अघि बढ्ने निर्णय गरेको र उक्त दिन सार्वजानिक बिदा परेकोले सम्बन्धित निकायसँग परामर्श लिन नपाएकोले हकप्रद सम्बन्धि प्रस्ताव राखिएको जनाएको छ। भोलिपल्ट सम्बन्धित निकायसँगको परामर्श पश्चात उक्त प्रस्ताव हटाएको लघुवित्तले जनाएको छ।

606568816b9aa.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको