Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो पारिश्रमिक २० रूपैयाँको चेक लिए : वरिष्ठ गायक कुबेर राई

अर्थ संसार

शुक्रबार, २० चैत्र २०७७, ०९ : ०० मा प्रकाशित

आर्थिक प्रश्न कलाकारसँगको यो एपिसोडमा हामीले वरिष्ठ गायक कुबेर राईसँग आर्थिक कुराकानी गरेका छौँ ।

सेयर बजारको कुरा गर्दा उनले आफूले सेयर बजारमा लगानी नगरेको बताएका छन् । आफू सेयर बजारको भित्री गहिराईसम्म नपुगेको उनी बताउँछन् ।

त्यसैगरी, आर्थिक कुराकानी गर्ने क्रममा उनको पहिलो पारिश्रमिकको बारेमा बुझ्दा उनले आफूले पहिलो पारिश्रमिकको रूपमा २० रूपैयाँको चेक लिएको बताएका छन् । उनले पहिलो पारिश्रमिक २०३९ सालमा रेडियो नेपालमा गीत गाए बापत २० रूपैयाँको चेक लिएका थिए । 

त्यसपश्चात् दोश्रो पटक उनले २०४० ४१ सालतिर “गुराँसका थुङ्गाहरू”  नामक सांस्कृतिक कार्यक्रमको स्टेजमा गीत गाएर २७ सय रूपैयाँ पारिश्रमिक पाएका थिए । त्यती पारिश्रमिक पाउनका लागि उनले एक महिना गीत गाउनु परेको थियो । उनले हालसम्म गीत गाएर सबैभन्दा बढी पारिश्रमिक बेलायततीर लिएको बताउँछन् ।

पैसाको कुरा गर्ने क्रममा उनी भन्छन्, “पैसा नै सबैकुरा हैन तर पैसा नभइ पनि हुन्न” । उनी आफू खर्चालु स्वभावको नरहेको बताएका छन् ।

भिडियाे पनि :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको