Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ भर्न छुट्टै सब डोमेन चाँडै ल्याउछौं : सिडिएससी सिइओ आचार्य (भिडियो)

अर्थ संसार टक

शनिबार, २१ चैत्र २०७७, १० : १७ मा प्रकाशित

मेरो सेयरमा आएको समस्या समाधान गर्न निरन्तर लागिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताएका छन् ।

अर्थसंसार डटकमको कार्यक्रम अर्थसंसार टकसँगको कुराकानीमा आचार्यले समस्या समाधान गर्ने सन्दर्भमा हालसालै २ वटा अत्याधुनिक सर्भर थपिएको बताए । चालु आर्थिक वर्षमा पूँजी बजारमा लगानीकर्ताहरूको आकर्षण बढेर धेरै लगानीकर्ताहरू प्रवेश गरेका हुनाले मेरो सेयरमा समस्या आएको उनले दावी गरे ।

गत वर्ष असारमा डिम्याट खाताको संख्या १७ लाख रहेकोमा अहिले बढेर करिब ३३ लाख पुगेकोे उनको भनाइ छ । त्यस्तै मेरो सेयर अनलाइनको प्रयोगकर्ता गत असारसम्म ७ लाख जति रहेकामा अहिले २३ लाखभन्दा धेरै भइसकेको बताउँदै प्रमुख कार्यकारी अधिकृत आचार्यले सेयर लगानीकर्ताको संख्या निकै बढेको हुनाले मेरो सेयरको सिस्टममा बारम्बार समस्या दोहोरिएको दावी गरे ।

सिस्टमको क्षमता बढाइरहेको र आगामी दिनहरूमा लगानीकर्ताहरूको चापलाई थेग्न सक्ने गरि सिस्टम अपडेट गर्न लागिएको आचार्यले बताएका छन् । आईपीओको नतिजा हेर्न छुट्टै डोमेन ल्याइएको बताउँदै उनले आईपीओ भर्न समेत छुट्टै सब डोमेन पनि सकेसम्म छिट्टै उपलब्ध गराउने कोसीस गर्ने आचार्य बताउँछन् ।

सिडिएसका सिइओ आचार्यसँग अर्थ संसार टकका लागि अर्थसंसार डटकमका प्रधान संपादक लीलानाथ घिमिरेले गरेको भिडियोे कुराकानी यहाँ प्रस्तुत गरेका छौंः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको