Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : नेप्से परिसूचक अलटाइम हाई विन्दु नजिक

अर्थ संसार

शनिबार, २१ चैत्र २०७७, १२ : ३१ मा प्रकाशित

साताको सेयर बजार : नेप्से परिसूचक अलटाइम हाई विन्दु नजिक

यो साताको सेयर बजार लगानीकर्ताहरूका लागि उत्साहजनक रह्यो । सेयर बजारको रौनकता पुन फर्किएको  छ । नेप्से परिसूचक अलटाइम हाई विन्दुको नजिक पुगेको छ । नेप्सेमा देखा परेको यो चमकले लगानीकर्ताहरुको मनोबल पनि बढेको छ ।

आइतबार होलीका कारण सार्वजनिक बिदा परेको हुनाले यस साता बजार ४ दिन मात्र खुलेको थियो । ४ दिन खुलेको बजारमा सोमबारको कारोबारमा नेप्से परिसूचक घटेको थियो भने मंगलबारबाट सेयर बजार निरन्तर बढेको हो ।

यस साता नेप्से परिसूचक ८२ दशमलव ९४ अंकले बढेर २६ सय ३१ दशमलव ८९ विन्दुमा रोकिएको छ । यो अलटाइम हाई विन्दुको नजिक हो । यसअघिको अलटाइम हाई विन्दु २६ सय ४० हो । गत साता नेप्से परिसूचक ७३ दशमलव ८७ अंकले बढेर २५ सय ४८ दशमलव ९६ विन्दुमा रोकिएको थियो ।

यस साता सेन्सेटिभ परिसूचक पनि १६ दशमलव ११ अंकले बढेर ४ सय ६६ दशमलव ४२ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक पनि ६ दशमलव १६ अंकले बढेर ४५० दशमलव ३१ विन्दुमा रोकिएको थियो ।

नेप्से परिसूचकसँगसँगै कारोबार रकम पनि लयमा फर्किएको छ ।  गत साता औसतमा दैनिक ५ अर्ब ९१ करोड रूपैयाँ बराबरको कारोबार भएकोमा यस साता औसतमा दैनिक ६ अर्ब भन्दा माथीको कारोबार भएको छ ।  यस साताको अन्तिम दिन बिहीबार पछिल्लो एक महिना यताकै सर्वाधिक रकमको सेयर कारोबार भएको हो ।

बजार पुँजीकरणको कुरा गर्नुपर्दा यस साता लगानीकर्ताको सम्पत्ती १ खर्ब १५ अर्बले बढेको छ । गत साता ३५ खर्ब २० अर्ब रहेको बजार पुँजीकरण यस साता बढेर ३६ खर्ब ३५ अर्ब पुगेको छ ।

यस साता कारोबार भएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको सूचक १ दशमलव ११ प्रतिशतले घट्दा बाँकी १२ वटा उपसमूहको सूचक भने बढेको छ ।

यस साता सबैभन्दा धेरै नामा कमाउनेको सूचीमा अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता अग्र स्थानमा छन् । कम्पनीको सेयर मूल्य ४६ दशमलव ०३ प्रतिशतले बढेर एक हजार ३१ पुगेको छ । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश वोमी लघुवित्त र महिला लघुवित्तका लगानीकर्ता रहेका छन् ।

त्यसैगरी, यस साता सबैभन्दा धेरै गुमाउनेमा  सूर्योदय लघुवित्तका लगानीकर्ता रहेका छन् । संस्थाको सेयरमूल्य ९ दशमलव ०३ प्रतिशतले घटेर एक हजार ९ सय ६५ रुपैयाँमा झरेको छ । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश माउन्टेन हाइड्रोपावर र मिथिला लघुवित्तका लगानीकर्ता रहेका छन् ।

यस साताको सेयर बजारलाई समग्रमा हेर्दा सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २५ सय ४३ दशमलव ५२ विन्दुमा पुगेको थियो । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव १५ अंकले बढेर २५ सय ७५ दशमलव ६६ विन्दुमा पुगेको थियो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव ३६ अंकले बढेर २६ सय १९ दशमलव ०२ विन्दुमा पुगेको थियो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २६ सय ३१ दशमलव ८९ विन्दुमा पुगी यस सातालाई बिदाइ गरेको छ ।

सेयर सूचीकरणको कुरा गर्नुपर्दा यस साता नेप्सेमा ६ कम्पनीको सेयर सूचिकृत भएको छ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ प्रतिशत बोनस बापतको ६ लाख ४ हजार ३ सय ७० दशमलव ४५ कित्ता सेयर, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ८ लाख ६१ हजार ८ सय ७३ दशमलव २५ कित्ता सेयर सूचिकृत, पोखरा फाइनान्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४ लाख ५८ हजार ६ सय ४० दशमलव ८६ कित्ता सेयर, सहारा विकास बैंक लिमिटेडको ९ लाख २१ हजार एक सय ४८ दशमलव ७० कित्ता हकप्रद सेयर, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएको प्रति सेयर अंकित एक सय रूपैयाँ दरको २५ लाख ९४ हजार ४ सय कित्ता सेयर र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ४ लाख २५ हजार ६ सय ५९ दशमलव ८५ कित्ता सेयर  यस साता नेप्सेमा सूचिकृत भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको