सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीयकार्यालय बुटवल शाखाले घातक रोगको दावी भुक्तानी रकम रु.३० लाख प्रदान गरेको छ । शनिबार कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ को मंगलापुरमा एक कार्यक्रम गरी उक्त रकम प्रदान गरेको हो ।
तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय रामचन्द्र कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए । एक किस्ता बीमा शुल्क रु.२ लाख ४६ हजार मात्र बुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागी काठमाडाँैको गंगालालमा गएका थिए । उनको उपचारकै क्रममा कम्पनिले सो ३० लाख विमाङ्क रकम प्रदान गरीएको क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकालले बताए ।

कंडेलको बीमा फर्निचर खरिद गर्ने क्रममा कम्पनीका अभिकर्ता ईश्वर भण्डारीले गराएका थिए । क्षेत्रीय प्रवन्धक ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागि बिल बिनानै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस