Like us!
Follow us!
Connect us!
Watch us!

ठगी गर्ने गुडविल सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ

अर्थ संसार

आइतबार, २२ चैत्र २०७७, २० : ०६ मा प्रकाशित

ठगी गर्ने गुडविल सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ

ललितपुर कुमारीपाटी स्थित गुडविल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाका संचालक दिवाकर श्रेष्ठ पक्राउ परेका छन् ।

 संस्थाको करिब रू ७९,८९,६४,५२० ( उनासी करोड उनानब्बे लाख चौसठी हजार पाँचसय बिस) ठगी गरेको किटानी  महानगरीय प्रहरी वृत्त सातदोबाटोमा परेसँगै प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । 

संचालक अध्यक्ष दिवाकर श्रेष्ठ लगायत संस्थाका अन्य पदाधिकारीहरु समेतको संलग्नतामा सर्बसाधारण व्यक्तीहरुलाई आफनो संस्थामा रकम जम्मा गरेमा बढी व्याज दिलाई दिने भनि आश्वासन देखाई बिश्वास दिलाई संस्थामा रकम जम्मा गर्न लगाई हाल आएर सो संस्थाले उक्त रकम ठगी गरेको भन्ने संस्थागत एवं व्यक्तिगत निक्षेपकर्ताहरूले चैत्र ५ गते गते यस परिसरमा ठगी सम्बन्धी किटानी जाहेरी दिएका थिए  ।

 प्रहरीले  सहकारी ऐन,२०७४ र ठगी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भई रहेकोमा सो घटनामा संलग्न रही फरार रहेका सो संस्थाका अध्यक्ष ललितपुर गोदावारी न।पा।१४ ठैब बस्ने वर्ष ४१ को दिवाकर श्रेष्ठलाई यस परिसरबाट खटिएको प्रहरी टोलीले चैत २१ग गते चितवन स्थित भरतपुर १० मा लुकीछिपी बसेको अबस्थामा फेला पारी तत्काल  नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  उल्लेखित सहकारीबाट पिडित भएका व्यक्तीहरुको जाहेरी पर्ने क्रम जारी रहेको हुँदा सो संस्थाबाट ठगीमा पर्नु भएका सर्बसाधारण व्यक्तीहरु उजुरी दिनको लागी महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरमा सम्पर्क राख्नु हुन समेत अनुरोध प्रहरीले अनुरोध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको