Like us!
Follow us!
Connect us!
Watch us!

खल्ती र गुडविल फाईनान्सबीच सहकार्यपछि खल्तीमा बैंक लिंक गरि ६० हजार भन्दा बढी ठाउँमा भुक्तानी गर्न सकिने

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १३ : २६ मा प्रकाशित

खल्ती र गुडविल फाईनान्सबीच सहकार्यपछि खल्तीमा बैंक लिंक गरि ६० हजार भन्दा बढी ठाउँमा भुक्तानी गर्न सकिने

खल्ती र गुडविल फाईनान्सबीच सम्झौता भएको छ । यस सम्झौता भए लगत्तै खल्ती प्रयोगकर्ताले गुडविल फाईनान्सको मोबाइल बैंकिंगबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाईनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुबिधाहरू उपलब्ध भएको हो । 

गुडविल फाईनान्सका प्रयोगकर्ताले यस सुबिधाको उपभोग गर्दै सजिलै खल्तीमा पैसा राख्न र खल्तीबाट कारोबार गर्न सक्नेछन्। यति मात्र नभएर गुडविल फाईनान्स खाता खल्ती संग लिंक गरि खल्ती लोड गर्ने झन्झट बिना सिधै आफ्नो खाताबाट भुक्तानी गर्न सक्नेछन्। खल्तीमा बैंक लिंक गरे पश्चात खल्तीबाट हुने हरेक कारोबारमा सिधै बैंक खाताबाट पैसा काटीनेछ । साथै यस सम्झौता पश्चात खल्ती प्रयोगकर्ताले अब गुडविल फाईनान्सको खातामा पैसा पठाउन पनि सहज भएको छ ।

यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्नुहुन्छ , “वित्तीय समावेशीकरणको हाम्रो भिजन बलियो बनाउन हामी निरन्तर काम गरिरहेका छौं। हामीले विभिन्न वित्तीय संस्थाहरूसँग गरिरहेको साझेदारीले पक्कै पनि डिजिटल नेपालको अबधारणलाई साकार गर्ने कुरामा हामी बिश्वस्त छौं। यस सेवाले खल्ती प्रयोगकर्ता तथा गुडविल फाईनान्सका ग्राहकहरुले बिना कुनै झन्झट देश भरिका ६० हजार भन्दा बढी मर्चेन्टमा भुक्तानी तथा अन्य बित्तिय संस्था लाभान्वित हुनेछन्।”

यसका साथै ‘खल्ती’को अर्को ठूलो फ्लाईट बुकिङ्ग अफर अन्तर्गत हरेक दिन एक भाग्यशाली बिजेताले रु. १ मा फ्लाईट टिकट र बम्पर उपहार स्वरूप वान प्लस ११ ’ जित्ने मौका पनि प्रदान गरेको छ। प्रयोगकर्ताले गुडविल फाईनान्सबाट पनि खल्ती लोड अथवा लिंक गर्दै फ्लाईट टिकट बुकिङ्ग को भुक्तानी गरि यस अफरमा सहभागिता जनाउन सक्नेछन्। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको