Like us!
Follow us!
Connect us!
Watch us!
कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने

गुडविल फाइनान्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

बुधबार, ३१ जेठ २०८०, १६ : ५२ मा प्रकाशित

गुडविल फाइनान्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

गुडविल फाइनान्सले २८औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको आज (बुधबार) दिउँसो ३ बजे बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २१ गते काठमाडौँको हात्तीसारस्थित् कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। यसअघि गत जेठ १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको थियो। सोही कारण उक्त वर्षका लागि सेयरधनीहरुले लाभांश पाउने छैनन्। 

वार्षिक साधारणसभा प्रयोजनाका लागि फाइनान्सले आउँदो असार १२ गतेदेखि असार २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ असार ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै वार्षिक साधारणसभामा भाग लिन पाउँनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको