Like us!
Follow us!
Connect us!
Watch us!

ओखलढुङ्गामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १३ : २९ मा प्रकाशित

ओखलढुङ्गामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं ११, करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन सिद्धिचरण नगरपालीकाका मेयर मोहन कुमार श्रेष्ठले गरे ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा ओखलढुङ्गा जिल्लाका सहायक प्रमूख जिल्ला अधिकृत मनिता कार्की, नेपाली सेनाका अरिदमन् गणका गणपति महा–सेनानी विशाल सिंह, नेपाल प्रहरीका ओखलढुङ्गा जिल्लाका प्रमुख गोविन्द पौडेल, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख भोला बहादुर बिष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको वाक्लो उपस्थिति थियो । 

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग गर्न सक्नेछन ।

पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टर सहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको