Like us!
Follow us!
Connect us!
Watch us!

छुटला है रुरु जलविद्युतको आईपीओ: आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, २४ चैत्र २०७७, ०८ : ०९ मा प्रकाशित

छुटला है रुरु जलविद्युतको आईपीओ: आज अन्तिम मौका

रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गते, शुक्रबारबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) आज अर्थात् चैत्र २४ गते बन्द हुदैँ छ। 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २० रूपैयाँ प्रिमियम थपेर १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ । 

यसअघि पहिलो चरणमा कम्पनीले फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरमा ४ करोड ७ लाख ७० हजार ५ सय रूपैयाँ बराबरकाे कुल ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

कम्पनीकाे आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले एनएमबि क्यापिटल लिमिटेड, रुरु जलविद्युत् परियोजना लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

शुक्रबारबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा हालसम्म ४९.३१ गुणा भन्दा धेरै आवेदन परेकाे छ । 

सोमबार बेलुका सम्ममा १३ लाख ७ हजार २४२ हजार ४८७ जना आवेदकले १ करोड ८६ लाख ९७ हजार ५७० कित्ताका लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारका लागि छुट्याइएकाे ३ लाख ७९ हजार १ सय ६७ कित्ता भन्दा ४९.३१ गुणा बढी आवेदन हो । अझ मेराे सेयरमा देखिएकाे समस्याले गर्दा कतिपय लगानीकर्ताले आवेदन दिन पाएका छैनन् । कम्पनीकाे आईपीओ खुलेदेखि नै मेराे सेयरमा समस्या देखिइरहेकाे छ । हेर्नुहोस् भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको