Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट

अर्थ संसार

मंगलबार, २४ चैत्र २०७७, ११ : ३५ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) कारोबार भएकामध्ये २ कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

सानिमा जनरल इन्स्योरेन्स र साल्ट ट्रेडिङ कर्पोरेशनको  सेयरमूल्य १० प्रतिशतले घटेको हो । निर्जीवन बिमा कम्पनीहरुको हल्लाको प्रभाव सानिमा जनरल इन्स्योरेन्समा पनि परेको देखिन्छ  ।

साल्ट ट्रेडिङ कर्पोरेशनले हिजो (सोमबार) मात्रै लाभांश घोषणा गरेको थियो । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश रकम कम भएको कारण आज कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

यस्तै अजोड इन्स्योरेन्सको सेयर पनि नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

606bf6f267c9d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको