Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको सेयर टुक्र्याउने निर्णयमाथि बीमा समितिको कैंची

अर्थ संसार

मंगलबार, २४ चैत्र २०७७, १४ : २६ मा प्रकाशित

नेपाल लाइफको सेयर टुक्र्याउने निर्णयमाथि बीमा समितिको कैंची

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे स्टक स्प्लीटकाे निर्णय कार्यान्वयन हुन नसक्ने देखिएकाे छ । किनकी कम्पनीकाे याे निर्णयमाथि बीमा समितिले राेकावट लगाएकाे छ ।

स्टक स्प्लीटकाे निर्णय कार्यान्वयनमा नल्याउने सुझाव पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डलाई पठाइएकाे बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् । यस विषयमा थप अध्ययन पनि भइरहेकाे उनले बताए ।

कम्पनीकाे माघ २८ गते सम्पन्न भएकाे वार्षिक साधारण सभाले प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी (स्प्लीट) प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरिसकेकाे थियाे । तर कम्पनीले मात्र पारित गरेर हुँदन याे निर्णय नियामक निकायहरूले समेत स्वीकृत गर्नुपर्नेछ ।

कम्पनीले यस कम्पनीकाे सेयरमा साना लगानीकर्ताहरुको समेत सहज पहुँच हाेस् भनेर स्टक स्प्लीट अर्थात सेयर खण्डीकरण सम्बन्धी निर्णय अघि सारेकाे हाे । स्टक स्प्लीट भन्नाले यसअघि कम्पनीले आइपीओ जारी गर्दा प्रतिकित्ता (फेस भ्यालू) १०० रुपैयाँ कायम गरेकाेमा त्यसलाई घटाएर अब फेस भ्यालू प्रतिकित्ता ५० रुपैयाँ बनाउन लागिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको