Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकद्वारा बीमादाबी रकम हस्तान्तरण

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, १७ : ०४ मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्वारा बीमादाबी रकम हस्तान्तरण

महालक्ष्मी विकास बैंक लिमिटेडले बीमादाबी रकम हस्तान्तरण गरेको छ । महालक्ष्मी विकास बैंक तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका सानाकर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम छ लाख ७ हजार ५ सय  हकवालालाई हस्तान्तरण गरेको हो  ।

थाहा न. पा. वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासीस्व. देगु माया बलामीको मृत्यु हकदावी बीमाबापतको रकम बराबरको चेक क्रमशः ५ लाख २५ हजार हकवाला कल्पना घर्ती र  ८२ हजार ५ सय हकवाला रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायव प्रबन्धक  जोनश शर्माद्धारा मृतकको निवासमा गई हस्तान्तरण गरिएको थियो । 

उक्त कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्न वर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमा योजना के हो र किन हो भन्ने कुरामा प्रष्ट पारेका थिए । त्यसैगरी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानिय कृषकहरुले सहुयितकर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियतकर्जा आवश्यक ग्राहकहरुको हातमा पुर्याएमात्र गाँउको विकास हुने कुरा प्रष्ट पारे ।उक्त कार्यक्रममा स्थानिय  बासिन्दा, जनप्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको