Like us!
Follow us!
Connect us!
Watch us!

९५ लाख मूल्य बढिको सामान चोरेको अभियोगमा ५ जना पक्राउ

अर्थ संसार

विहीबार, २६ चैत्र २०७७, १४ : ३२ मा प्रकाशित

९५ लाख मूल्य बढिको सामान चोरेको अभियोगमा ५ जना पक्राउ

ललितपुर महानगरपालिका २८ हरीसिद्धी खरिबोट चोकस्थित अर्वन ओएसिस ईन्टरप्राईजेजबाट करिब ९५ लाख ७६ हजार ८ सय ५५ रुपैयाँ बराबरका २ सय ३८ थान विभिन्न कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका कार्टुन चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका १५ सिचाहिटी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका ८ घर भएका ३२ वर्षीय यम कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका ३२ नरेफाट बस्ने रामेछाप दोरम्बा गाउँपालिका ६ घर भएका २७ वर्षीय प्रदिप गौतम, काठमाडौं महानगरपालिका ९ गौशाला बस्ने सुनसरी माता नगरपालिका ६ घर भएका २६ वर्षीय महेश अधिकारी, काठमाडौं महानगरपालिका ३१ शान्तीनगर बस्ने धनकुटा महालक्ष्मी नगरपालिका १ घर भएका २३ वर्षीय दिपक खड्का र सोही ठाउँ बस्ने २५ वर्षीय नबिन अधिकारी रहेका छन् । 

उक्त ईन्टरप्राईजेजबाट चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोमबार प्रदिपको डेरा कोठाबाट १ सय १२ थान विभिन्न कम्पनीका सुटकेश भएका कार्टुनहरु फेला पारी प्रदिप, यमकुमार र महेशलाई घटनामा प्रयोग भएको बा।२१ च ७३४४ नम्बरको गाडी सहित पक्राउ गरेको थियो । साथै महेशको कोठबाट विभिन्न कम्पनीका सुटकेश ६ कार्टुन, सुटकेश २२ थान, ब्यागहरु ३६ थान, १ थान सुन जस्तो देखिने पहेंलो धातुले बनेको मंगलसुत्र, १ जोर जुली मुन्द्रा, १ थान मुन्द्रा, १ थान ल्यापटप र नगद १ लाख ५ हजार रुपैयाँ फेला पारी बरामद गरेको हो । थप अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न दिपक र नबिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट चोरी मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धना भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको