Like us!
Follow us!
Connect us!
Watch us!

छोरीहरु घुम्न जाने भन्दै थिए,तर मेरो फुर्सद मिलेन,अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ : ओली

अर्थ संसार

आइतबार, २८ साउन २०८०, ०९ : ०४ मा प्रकाशित

छोरीहरु घुम्न जाने भन्दै थिए,तर मेरो फुर्सद मिलेन,अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ : ओली

शनिबार स्कुल बिदाको दिन पारेर मुगु स्थायी ठेगाना भएका छोरीहरु ठिन्ले साङ्मु लामा र छिरिङ लामा आफूलाई भेट्न आइरहने ओलीले सामाजिक सञ्जाल मार्फत बताएका छन् ।

ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज पनि आएका थिए। बालाई भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए। तर मेरो फुर्सद मिलेन । घरमा आमासँग भिडियो कल गर्ने भने । उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो । केही समय यिनीहरूसँग कुरा गरेर बिताएँ।’

ओलीले उनीहरूले राम्रोसँग पढ्छु भनेको भन्दै खुसी व्यक्त गरेका छन् । ओलीले अर्को महिना लुगा किनिदिने पनि बताएका छन् । ‘अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको