Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो वित्तीय अबस्था भएको चन्द्रागिरी हिल्सको किन बढिरहेको छ मूल्य ?

अर्थ संसार

विहीबार, २६ चैत्र २०७७, १५ : २० मा प्रकाशित

यस्तो वित्तीय अबस्था भएको चन्द्रागिरी हिल्सको किन बढिरहेको छ मूल्य ?

चन्द्रागिरी हिल्स लिमिटेड कम्पनीको सेयर मूल्य माघ २५ गते १६१ रुपैयाँमा धितोपत्रको दोस्रो बजारमा कारोबार सुरू भएको थियो । माघ २५ गते कारोबार दिनबाटै उकालो लागेको कम्पनीको सेयर मूल्यले निरन्तर उचाइ हासिल गर्दै गयो। कम्पनीको सेयर मूल्यको उकालो यात्रामा चैत्र १६ गते सोमबार एक दिन मात्र ब्रेक लागेको थियो ।

उक्त दिनमा पनि प्रारम्भमा कम्पनीको सेयर मूल्य बढेर २ हजार २ सय ८६ रुपैयाँसम्ममा कारोबार भएको थियो । तर दिनको कारोबारको अन्तिमसम्म कम्पनीको सेयरमूल्य ७.१७ प्रतिशतले घटेर १ हजार ९ सय ३० रुपैयाँ पुगेको थियो । दोस्रो बजारमा कम्पनीको सेयरको कारोबार प्रारम्भ भएदेखि आजसम्ममा ४२ दिन कारोबार भएको छ । कम्पनीको सेयरमूल्य तीमध्ये ३ दिनमात्र घटेको छ ।

अरु दिन निरन्तर बढिरहेको देखिन्छ । यो समाचार तयार पार्दासम्म कम्पनीको मूल्य बढेर २ हजार ७ सयभन्दा बढी रुपैयाँमा कारोबार भइरेहको छ । कम्पनीले गत महिना पुस २४ गतेबाट कम्पनीले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न गरेको थियो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर वितरण गरेको हो । आयोजना प्रभावित स्थानिय, म्यचुअल फण्ड र कर्मचारीहरुलाई वितरण गरेको साधारण सेयरको ३ बर्ष लकिइन अवधि हुने भएकाले अहिले दोस्रो बजारमा कारोबारमा आउदैन ।

यसर्थ अहिले दोस्रो बजारमा कारोबार हुन योग्य सेयर संख्या १३ लाख ९६ हजार २२ कित्ता मात्र हो । त्यही सेयरमा कतिपय सेयरधनीहरुसँग दोस्रोबजार कारोबारमा समेत पहुँच नभएको हुदाँ सीमित समूहले कम्पनीको सेयर कर्नरिङ गरिरहेको आरोप सामाजिक सञ्जालहरुमा देख्ने गरिन्छ । यस्तो छ कम्पनीको बित्तिय अवस्या आर्थिक वर्ष ७५.७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ६ पैसा रहेको थियो भने प्रतिसेयर नेटवर्थ भने ९६ रुपैयाँ ६९ पैसा रहेको थियो ।

आ.व. ७६।७७ को असार मसान्तसम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ऋणात्मक छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीका लगानीकर्ताहरुले प्रतिसेयर १२ रुपैयाँ ६७ पैसा गुमाएको बित्तिय विवरणले देखाँउछ । कम्पनीको प्रतिसेयर आम्दानी घटेर माईनसमा जाँदा प्रतिसेयर नेटवर्थ पनि घटेर ८४.८८ रुपैयाँ पुगेको छ । यसको अर्थ कम्पनीमा १ सय रुपैयाँ लगानी गर्ने सेयरधनीको लगानी घटेर करिव ८५ रुपैयाँमा झरेको छ ।

कम्पनीको यो बर्षको प्रक्षेपित तथ्यांक अनुसार यो आर्थिक वर्ष ७७.७८ मा प्रति शेयर आम्दानी ४ रुपैयाँ र किताबी मूल्य ९० रुपैयाँ ६९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।

त्यस्तै कम्पनीले आगामी आर्थिक वर्ष ७८।७९ मा कम्पनीको प्रतिसेयर आम्दानी बढेर २३ रुपैयाँ ५४ पैसा पुग्ने र प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ २४ पैसा पुग्ने प्रक्षेपण गरेको छ । त्यस्तै कम्पनीले आर्थिक वर्ष ७९.८० मा भने प्रति शेयर आम्दानी ३२ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ०७ पैसा हुने कम्पनीले प्रक्षेपण गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको