Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरि हिल्सले मनायो १४औं वार्षिक उत्सव, कर्मचारी पुरस्कृत

अर्थ संसार

बुधबार, १७ साउन २०८०, १० : ४७ मा प्रकाशित

चन्द्रागिरि हिल्सले मनायो १४औं वार्षिक उत्सव, कर्मचारी पुरस्कृत

चन्द्रागिरि हिल्स लिमिटेडले आफ्नो १४औं वार्षिक उत्सव मनाएको छ। कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं सञ्चालक समितिका सदस्यहरूको मुख्य आतिथ्यतामा गत आइतबार वार्षिक उत्सव मनाइएको हो।

वार्षिक उत्सव समारोहमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका, यस वर्षको अवधि भरीमा सबैभन्दा राम्रो उत्कृष्ट कार्य गरि उदाहरणीय बन्न सफल भएका ४ जना कर्मचारीलाई प्रमाणपत्र, चाँदीको लकेट, एक रातको लागि परिवारसहित निस्शुल्क रिसोर्ट बस्ने भौचर कुपनसमेत प्रदान गरिएको थियो।

कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुई जना कर्मचारीहरूलाई तोकिएको जिम्मेवारी अनुसारको काम गर्न सफल भएका दुई जना कर्मचारीलाई समेत प्रमाणपत्र तथा घरमा प्रयोग हुने सामान उपहारकोस्वरूप प्रदान गरिएको थियो।

प्रेस विज्ञप्ति

चन्द्रागिरि हिल्स लिमिटेडको १४औँ वार्षिकोत्सव कार्यक्रम

श्रीमान् सम्पादकज्यू,

यही वर्ष २०८० श्रावण १४ गतेका दिनमा कम्पनीको व्यवस्थापक समुहले आयोजना गरेको  कम्पनीको १४ औ वार्षिक उत्सव समारोहमा कम्पनीका अध्यक्ष श्री हेमराज ढकालज्यूको अध्यक्षता एवं संचालक समितिका सदस्यहरुको मुख्य आतिथ्यतामा एक दिने कार्यक्रम संचालन गरिएको थियो । उक्त वार्षिक उत्सव समारोहमा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधाहरू मध्येबाट उत्कृष्ट हुने विजेता तथा उप विजेताहरूलाई कम्पनीका अध्यक्षज्यूको हातबाट प्रमाणपत्र तथा ट्रफी वितरण गरि हौसला प्रदान गरिएको थियो ।

त्यसैगरि सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका, यस वर्षको अवधि भरीमा सबै भन्दा राम्रो उत्कृष्ट कार्य गरि उदाहरणीय बन्न सफल भएका ४ जान कर्मचारीहरुलाई अध्यक्षज्यूको तर्फबाट प्रमाणपत्र, चाँदीको लकेट ,एक रातको लागि परिवार सहित निशुल्क  रिसोर्ट बस्ने भौचर कुपन समेत प्रदान गरि कर्मचारीहरुलाई थप हौसला प्रदान गरिएको थियो । 

यस कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुई जना कर्मचारीहरुलाई तोकिएको आफ्नो जिम्मेवारी अनुसारको काम गर्न सफल भएका दुई जना कर्मचारीहरुलाई समेत प्रमाणपत्र तथा घरमा प्रयोग हुने खालको उपहार दिई अध्यक्षज्यूबाट सम्मान गरिएको थियो ।  

अध्यक्षज्यूको अध्यक्षता एवं कम्पनी सचिव झलकराज शर्माबाट कार्यक्रमको संचालन गरिएको यस कार्यक्रममा कम्पनीका महाप्रवन्धक ज्यूबाट स्वागत मन्तव्य दिनुका साथै संचालक समितिका सदस्यहरुको तर्फबाट शुभकामना मन्तव्य  दिने काम गरिएको थियो । 

कम्पनीका अध्यक्षज्यूबाट उपस्थित सम्पूर्ण कर्मचारीहरुलाई शुभकामना दिदै  यस पर्यटकीय गन्तव्य स्थलको रुपमा रहेको यस  चन्द्रागिरिमा घुम्न आउने आन्तरिक तथा वाह्रय पर्यटकहरुलाई पहिलो रोजाई स्थल हुने गरि सेवा प्रदान गर्नुहुन अनुरोध गर्दे कम्पनीमा कार्यरत कर्मचारीहरुले  कम्पनीबाट दिइएको जिम्मेवारी पूर्ण रुपमा पालना हुने नै छ भन्ने विश्वासका साथ कम्पनीको  उत्तरोत्तर प्रगतिको शुभकामना दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा विभिन्न किसिमको सास्कृतिक कार्यक्रम संचालन गरि मनोरञ्जन प्रदान गरिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको