Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सले पुस ३ गते बोलायो वार्षिक साधारणसभा,बुक क्लोज कहिले ?

अर्थ संसार

मंगलबार, ११ मंसिर २०८१, १२ : २२ मा प्रकाशित

चन्द्रागिरी हिल्सले पुस ३ गते बोलायो वार्षिक साधारणसभा,बुक क्लोज कहिले ?

चन्द्रागिरी हिल्स लिमिटेडले १५औं वार्षिक साधारणसभा पुस ३ गते बुधबार बोलाएको छ। कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले थानकोटस्थित आफ्नै कार्यालयमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।

सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालू आ.व.का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ।

साथै सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने बताएको छ। यसका आधारमा मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम  सेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको